Uncategorized

अन्तराष्ट्रिय धादिङ समाजको तेस्रो महाधिबेशनको आज

धादिङ । विश्वभर छरिएर रहेका धादिङ्गेहरुको साझा संस्था अन्तराष्ट्रिय धादिङ समाजको तेस्रो महाधिबेशन आज अर्थात असोज २२ गते बिहान ११ बजेबाट धादिङबेसीमा सुरु हुँदैछ ।

१८ देशबाट १४० जना भन्दा बढी प्रतिनीधिहरु सहभागि हुने हुक्त महादिबेशनको उद्घाट कार्यक्रमका प्रमुख अतिथि एवम् कृषि तथा पशुपन्छी विकास मन्त्री मा। रामनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष राजन खकुरालले बताए ।

उद्घाटन सत्रमा जिल्लाका मन्त्री, पूर्व मन्त्री, सांसद, पूर्व साम्सद, स्थानीय तहका प्रमुख देखि वडा अध्यक्ष सम्म र कार्यालय प्रमुख अरु विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख हरुलाई आतिथ्यताको लागि आमन्त्रण गरिएको अध्यक्ष खकुरालले बताए ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।

भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।

Source: https://dhadingpost.com/2024/10/08/80045/?fbclid=IwZXh0bgNhZW0CMTEAAR2lAhKlVdZtWEnOtXkCtqeARtNugyuHYJhi9a3KemdplSalDh41Y_gvsxk_aem_-Phwhog4y9xfIh_ygXKdCQ

Leave A Comment

Your Comment
All comments are held for moderation.