Uncategorized

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा रुबीभ्याली ६ को आगलागी पीडितलाई सहयोग

धादिङ । गत बैशाख १९ गते आगलागी भै पुर्ण रुपमा क्षति भएका आर्थिक रुपमा कमजोर रुबीभ्याली ६ का अजय तामाङलाई तत्काल अति आवस्यक जस्ता अन्तर्राष्ट्रिय धादिङ समाज द्वारा सहयोग हस्तान्तरण गरेको छ ।

यस अघि पिडित परिवार र गाउँपालिका बाट सस्था लाई पत्र मार्फत सहयोग अपिल गरेका थिए। समाज सेवी तथा ब्यबसायी हरु पूर्ण घले, बासुमाया तामांग, जोनी पहारी, बेलायत बाट काउन्सेलर धन बहादुर सार्की अध्यक्ष राजन खकुराल र ब उपाध्यक्ष दिनेश तामाङ ले आर्थिक सहयोग गरेका थिए।

सोमबार भएको उक्त हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष हाल बेलायतमा रहनु हुने राजन खकुरालको नेतृत्वमा आर्थिक ब्यबस्थापन गरि बरिस्ठ उपाध्यक्ष एबं सामाजिक अभियान्ता दिनेश तामाङको प्रमुख पहल तथा तामाङको प्रत्यक्ष सहभागीतामा उक्त अति आवस्यक जस्ता खरिद गरि हस्तान्तरण गरिएको हो ।

साथै अति आवस्यक जस्ता पाए संग आगलागी पीडित अजय तामाङ एबं उहाँका बुबा नुर्बा तामाङले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

Leave A Comment

Your Comment
All comments are held for moderation.