अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा अपाङ्गता भएका परिवारलाई झोला र कपी सहयोग

अन्तराष्ट्रिय धादिङ समाजले अपाङ्गता भएका व्यक्तिहरुलाई स्टेस्नरी सामाग्री सहयोग गरेको छ । शारिरीक अपाङ्गता भएका धादिङका १० वटा स्थानीय तहका व्यक्तिहरुलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको समाजका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो ।अपाङ्गता भएका परिवारलाई केहि राहत पुगोस भनेर सहयोग गरीएको समाजका अध्यक्ष राजन खकुरालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
प्रवासी धादिङ्गेहरुलाई एकत्रित गरी जिल्लालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाले स्वास्थ्य,शिक्षा,खेलकुद लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ ।शनिवार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका रोजगार शाखा प्रमुख सम्झना भण्डारी र संस्थाका कोषाध्यक्ष रामकुमार थापाले स्टेस्नरी वितरण गर्नुभएको हो । सहभागीहरुलाई झोला र कपी सहयोग गरीएको छ । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य सन्तोष थापा ,अपाङ्गता पुर्नस्थापना समाज धादिङका अध्यक्ष अश्विन लम्साल,कोषाध्यक्ष गर्भे बहादुर मिजार लगायतको सभागीता रहेको थियो । अन्तराष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
Source: https://dhadingpost.com/2024/10/08/80045/?fbclid=IwZXh0bgNhZW0CMTEAAR2lAhKlVdZtWEnOtXkCtqeARtNugyuHYJhi9a3KemdplSalDh41Y_gvsxk_aem_-Phwhog4y9xfIh_ygXKdCQ