Uncategorized

सितलादेवीका विद्यार्थीलाई न्यानो कपडा वितरण

अन्तराष्ट्रिय धादिङ समाज तथा धादिङ समाज अमेरिकाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा गंगाजमुना गाउँपालिका वार्ड नं १ स्थित शीतलादेवी आधारभूत
विद्यालयमा अध्ययनरत १ सय १७ जना विद्यार्थीलाई न्यानो कपडा, झोला लगायतका शैक्षिक सामाग्री वितरण!!

– (Date :- 20th Feb 2025)

धादिङ। धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ स्थित सितलादेवी आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ ।

अन्तराष्ट्रिय धादिङ समाज तथा धादिङ समाज अमेरिकाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा उक्त विद्यालयमा अध्ययनरत १ सय १७ जना विद्यार्थीलाई न्यानो कपडा, झोला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

अध्यक्ष राजन खकुरालका अनुसार भौगोलिक रुपमा विकट स्थान र आर्थिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई पठन पाठनमा सहयोग पुर्याउने उदेश्यले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको समन्वयमा सामाग्री वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी सुमन घिमिरेले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई यस्तो सहयोगले राहत पुग्ने बताउनुभयो ।आफु प्रमुख जिल्ला अधिकारी भएर धादिङ आएपछि विभिन्न संघ संस्थाको सहयोगमा विकट बस्तीहरुमा सहयोग गदै आईरहेको बताउनुभयो।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री भने जिल्ला प्रशासन कार्यालयको आफ्नै कोषबाट सहयोग गरीएको घिमिरेले बताउनुभयो।अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट एक थान झोला, एक थान स्विटर र टोपी वितरण गरीएको छ । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीले अन्तराष्ट्रिय धादिङ समाजले जिल्लाको शिक्षा,स्वास्थ्य र खेलकुलको क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रामेश्वर सिंखडा,प्रहरी प्रमुख एसपी दिपेन्द्र शाही,शसस्त्रका डिएसपी उर्मिला थपलिया भट्ट, अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुली,प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतान लगायतको विशेष आतिथ्यता रहेको थियो ।

अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष खकुरालले धादिङ समाज अमेरिका का अध्यक्ष टक बहादुर रुवाली लगायत सम्पूर्ण सहयोगीहरु प्रति आभार प्रकट गर्दै आउदा दिनमा पनि अरु राष्ट्रिय समन्वय परिषद्हरु सग सहकार्य गर्ने बताए ।

Source: https://dhadingpost.com/2025/02/21/81755/

Leave A Comment

Your Comment
All comments are held for moderation.