तेक्वान्दो प्रतियोगितामा समाजको सह-आयोजक भूमिका
(Date :- 15/05/25)
धादिङबेसीमा बैशाख २५ गतेदेखी २७ गते सम्म भएको बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको सह-आयोजक भूमिका खेली समाजद्वारा पहिलो र तेस्रो पुरस्कार १ लाख ३५ हजार रुपैँया हस्तान्तरण गरियो , प्रतियोगितामा प्रदेश भरिबाट खेलाडीहरूले प्रतिस्पर्धा गर्नुभएको थियो ।
धादिङबेसीमा बैशाख २५ गतेदेखी २७ गते सम्म सन्चालन भएको बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता भव्यताको रुपमा सम्पन्न भएको छ ।प्रतियोगिताको सह-आयोजक अन्तराष्ट्रिय धादिङ समाज रहेको र अन्तराष्ट्रिय धादिङ समाजद्वारा पहिलो र तेस्रो पुरस्कार बराबरको रकम हस्तान्तरण गरिएको छ । कोषाध्यक्ष रामकुमार थापाले जय नेपाल स्पोर्टस धादिङका अध्यक्ष अनिश अधिकारीलाई १ लाख ३५ हजार रुपैँयाको चेक हस्तान्तरण गर्नूभएको छ । प्रतियोगितामा प्रदेश भरिबाट खेलाडीहरूले प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतियोगितामा बिजयी सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि जिल्लाको स्वास्थ्य,खेलकुद र शिक्षा क्षेत्रको विकासमा संस्थाले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
यस प्रतियोगिताको लागि Australia बाट आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं।
1) Advisor Sujan Adhikari :- $500
2) Vice President Sabin Thapaliya:- $101
3) Secretary Kalyan Bikram Karki :- $150
4) Executive Member Diwakar Dahal:- $150
5) Executive Member Paras Bhandari:- $150
6) President DSA Arjun KC :- $101
जय धादिङ ।