Uncategorized

युवा क्रिकेटको प्रोत्साहनमा धादिङ समाजको सहकार्य

(Date: 31/5/2025)

धादिङ । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ १५ देखि धादिङबेसीमा जारी अन्तरपालिका स्तरीय यू १९, टी २० क्रिकेट प्रतियोगिता बेनीघाट रोराङलाई पाजित गर्दै नीलकण्ठ नगरपालिकाले जितेको छ ।

टर हारेर व्याटिङमा उत्रिएको नीलकण्ठले ७ विकेटको क्षेतिमा दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको बेनीघाट रोराङले सबै विकेटको क्षेति सँगै ९७ रनमा रोकिँदा नीलकण्ठ नगरपालिका च्याम्पियन भएको हो ।

ब्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रनजोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए । बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।


१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो । बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो । मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए । बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

Source: https://dhadingpost.com/2025/05/31/82885/

Leave A Comment

Your Comment
All comments are held for moderation.