अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा अपाङ्गता भएका परिवारलाई झोला र कापी सहयोग।

(Date :- 9 Nov 2024)
प्रवासी धादिङ्गेहरुलाई एकत्रित गरी जिल्लालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ । शनिवार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका रोजगार शाखा प्रमुख सम्झना भण्डारी र संस्थाका कोषाध्यक्ष रामकुमार थापाले स्टेस्नरी वितरण गर्नुभएको हो । सहभागीहरुलाई झोला र कपी सहयोग गरीएको छ । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य सन्तोष थापा, अपाङ्गता पुर्नस्थापना समाज धादिङका अध्यक्ष अश्विन लम्साल, कोषाध्यक्ष गर्ने बहादुर मिजार लगायतको सभागीता रहेको थियो । अन्तराष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
